१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

अग्नि समूह ३१ वर्षमा

अग्नि ग्रुपले ३० वर्ष पूरा गरेको छ। वार्षिकोत्सवको अवसरमा यस वर्ष एसइई उत्तीर्ण गरेका ३० जना विद्यार्थीलाई उदय छात्रवृत्ति पुरस्कार हस्तान्तरण गरेको ग्रुपको विज्ञप्तिमा उल्लेख छ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार यसले सन् १९९१ मा महिन्द्रा युटिलिटी गाडी तथा ट्र्याक्टरको अधिकृत वितरकको रूपमा सञ्चालन सुरु गरेको थियो । अहिले अग्नि ग्रुप अटोमोबाइल्स, स्पेयर्स र सेवाहरूको प्रिमियम बिक्रेता बनेको तथा देशभरका ७१ भन्दा अधिक डिलर तथा शाखासहित बृहत नेटवर्क बनाएको विज्ञप्तिमा उल्लेख छ।

ग्रुपले लजिस्टिकदेखि वित्तीय क्षेत्रसम्मका अन्य उद्यममा विविधीकरण गरेको र समूहअन्तर्गत १० भन्दा बढी कम्पनीहरू सञ्चालनमा रहेको बताइएको छ।

प्रकाशित: ३० फाल्गुन २०७८ ०३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App