३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

महिला व्यवसायीलाई तालिम दिँदै कोका–कोला

कोका–कोलाले नेपालका लागि आफ्नो बोटलिङ पार्टनर बोटलर्स नेपालसँग मिलेर ‘सक्षम’ कार्यक्रम सुरु गरेको छ। यस कार्यक्रमअन्तर्गत नेपालका विभिन्न ठाउँमा किराना पसल र खाजा घर सञ्चालन गर्दै आएका एक हजार महिला व्यवसायीलाई व्यावसायिक तालिम दिने योजना रहेको कम्पनीले जनाएको छ।

अन्तर्राष्ट्रिय महिला दिवस २०२२ को अवसरमा महिलालाई व्यापारिक र आर्थिक रूपमा सक्षम बनाउने योजनाअनुसार लागु भएको कम्पनीले जनाएको छ।

यस अभियानमार्फत महिलालाई व्यावसायिक ज्ञान र सिप प्रदान गर्ने लक्ष्य रहेको छ। यस अभियानमार्फत पसल सञ्चालन गर्ने महिलाको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाइ र डिजिटल वालेटको प्रयोगजस्ता विषयमा क्षमता अभिवृद्धि गर्न सहज हुने कम्पनीको विश्वास छ।

प्रकाशित: २४ फाल्गुन २०७८ ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App