७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

फ्रेसो क्यान्डीको फ्रेसो ब्रेथ विज्ञापन अभियान

कन्फेक्सनरी कम्पनी सुजल फुड्स प्रालिले फ्रेसो क्यान्डीको विज्ञापन सुरु गरेको छ। यस विज्ञापन अभियानमा फ्रेसो क्यान्डी भनेकै ताजा स्वाश भनेर प्रचार गर्दै फ्रेसो क्यान्डीले स्फूर्तिदायी ताजा स्वाश प्रदान गर्नुका साथै आत्मविश्वास बढाउँछ भन्ने सन्देशलाई देखाएको कम्पनीले जनाएको छ।

फ्रेसो ब्रेथ नारका साथ सुरु भएको यस अभियानमा फ्रेसो ब्रेथले किशोर र युवा वर्गबीचको रमाइलो र स्फूर्तिदायी क्षण, स्वभाव र सुन्दर रोमान्टिक क्षणलाई चित्रण गरेको छ। यस विज्ञापनमा एक किशोर किशोरीप्रति आकर्षित हुन्छन् र  फ्रेसो क्यान्डीको ताजा स्वाश तथा आत्मविश्वासको कारण किशोरीसँग त्यो क्षणमा रमाएको देखाइएको छ।

प्रकाशित: १५ फाल्गुन २०७८ ०१:४९ आइतबार

फ्रेसो क्यान्डी विज्ञापन अभियान ताजा स्वाश