१५ चैत्र २०८० बिहीबार
अर्थ

नेपाल बंगलादेश बैंकको ११औं विस्तारित सेवा

नेपाल बंगलादेश बैंकले सिमरा उपमहानगरपालिका–१५ स्थित भारतीचोक, डुमरवानामा ११औं विस्तारित सेवा सञ्चालनमा ल्याएको छ।

उक्त विस्तारित सेवा केन्द्रले स्थानीयमा वित्तीय पहुँच पुर्‍याई हरेक नेपालीको कम्तीमा एक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पुग्ने बैंकको अपेक्षा छ।

यस विस्तारित सेवाबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्त हुने रेमिट्यान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ तथा व्यवसायजन्य कारोबारका लागि अन्यत्र टाढा जानुनपर्ने, सामाजिक सुरक्षालगायत नेपाल सरकारबाट बैँकिङ प्रणालीमार्फत प्राप्त हुने सम्पूर्ण सेवा प्राप्त हुने बैंकको विज्ञप्तिमा उल्लेख छ। हाल बैंकले एक सय शाखा, ११ एक्सटेन्सन काउन्टर तथा ८४ एटिएममार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: २८ माघ २०७८ ०२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App