कामना सेवा विकास बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच भुक्तानी सेवा र फर्स्योटको क्षेत्रमा सुविधा आदानप्रदान गर्ने गरी साझेदारी भएको छ।
उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि स्मार्ट च्वाइस टेक्नोलोजिज र कामना बैंकबीच एससिटी युपिटी कार्ड, स्मार्ट क्युआर, एससिटी एन पेजस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुने बताइएको छ।
प्रकाशित: २७ माघ २०७८ ०२:३३ बिहीबार