७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

आइएमएस-फोकस वान सम्झौता

आइएमएस सफ्टवेयर र फोकस वान पेमेन्ट सोलुसन बीच सहमति भएको छ। दुवै पक्षले मोको डिजिटल वालेटलाई आइएमएस सफ्टवेयरको उपभोक्ता सफ्टवेयरसँग एकीकृत गर्न सहमति जनाएका हुन्।

सम्झौता अनुसार भुक्तानी संघका प्रयोगकर्ताले आइएमएस सफ्टवेयरद्वारा उत्पन्न गरिएको डायनामिक क्यू आर कोड स्क्यान गरी भुक्तानी गर्न सक्षम हुनेछन्। 

सम्झौतामा आइएमएस सफ्टवेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार र फोकस वान पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत प्रणया राजभण्डारीले हस्ताक्षर गरेका छन्।

प्रकाशित: २२ पुस २०७८ ०४:४४ बिहीबार

मोको डिजिटल वालेट आइएमएस सफ्टवेयर डायनामिक क्यू आर कोड स्क्यान