आफ्ना गाडीको मर्मतसम्भार प्रदान गर्न ड्याट्सन नेपालले राष्ट्रव्यापी रूपमा नेसनवाइड सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ।आइतबारदेखि दुई दिनसम्म चल्ने उक्त क्याम्प देशका प्रमुख सहरमा आयोजना हुन लागेको कम्पनीले जनाएको छ।
उक्त क्याम्पअन्तर्गत निःशुल्क लेबर चार्ज, निःशुल्क टपवास, निःशुल्क ९० चेक पोइन्ट, ८० प्रतिशतसम्म एक्सेसरिजमा छुट, नियमित सेवा र उपभोग्य वस्तुमा १० प्रतिशतसम्म छुट हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: ९ पुस २०७८ ०२:१९ शुक्रबार