२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल लाइफको नयाँ बिमा योजना

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन बिमा’ योजना सार्वजनिक गरेको छ।

मंगलबार सार्वजनिक सो योजना मुनाफामा सरिक हुने सावधिक जीवन बिमा भएको तथा डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका जोखिमपूर्ण पेसा अपनाउने व्यक्तिलाई लक्ष्य गरी ल्याएको कम्पनीले जनाएको छ। 

सो योजनाअन्तर्गत बिमा अवधिभित्र बिमितको दुर्घटनाका कारण मृत्यु भएमा बिमांक रकमको तेब्बर रआर्जित बोनस इच्छाइएको व्यक्तिले भुक्तानी पाउने बताइएको छ।

यो १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिले लिन सक्ने र ५ देखि अधिकतम ३० वर्र्षसम्म अवधिको हुने विज्ञप्तिमा उल्लेख छ। १८ वर्षदेखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिने पनि विज्ञप्तिमा उल्लेख छ। अतिरिक्त बिमाशुल्क तिरेर बिमांक रकम बराबर वा अधिकतम ५० लाख रूपैयाँसम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिनेछ।

यो बिमालेखको बिमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा र ५० हजारदेखि एक करोड रूपैयाँसम्मको बिमांक रकमको बिमा गर्न सकिने कम्पनीको भनाइ छ।

बिमालेख चालु रही बिमा अवधि समाप्त मितिसम्म बिमित जीवित रहेमा बिमा अवधि समाप्तिपछि बिमांक रकम प्लस आर्जित बोनस एकमुष्ट भुक्तानी हुनेछ। बिमालेख चालु रही बिमा अवधिभित्र जुनसुकै कारणबाट (बिमालेख अन्तर्गत नपर्ने जोखिमबाहेक) बिमितको मृत्यु भएमा कम्पनीले दुई गुणा बिमांक र आर्जित बोनस एकमुष्ट इच्छाइएको व्यक्तिलाई भुक्तानी दिनेछ।

बिमा अवधिभित्र बिमितको दुर्घटनाका कारण मृत्यु भएमा बिमालेखमा उल्लेख भएको तीन गुणा बिमांक रकम र आर्जित बोनस रकम एकमुष्ट बिमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइनेछ।

यदि बिमालेखलाई निरन्तरता दिन नसक्ने अवस्था आएमा वार्षिक ३ किस्ता बिमाशुल्क भुक्तानी गर्नुका साथै बिमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपछि समर्पण मूल्य प्राप्त हुनेछ।

वार्षिक ३ किस्ता बिमाशुल्क भुक्तानी गर्नुका साथै बिमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपछि बिमालेख धितो राखी समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २२ मंसिर २०७८ ०१:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App