२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकले काठमाडौंको साँखुस्थित द्वन्द्वपीडित अपांग समाज नेपाललाई संस्थामा आश्रित अपांगता तथा मानसिक अशक्तता भएका बालबालिका र व्यक्तिहरुको निम्ति आवश्यक औषधि हस्तान्तरण गरेको छ।

अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा साँखु शाखाकी शाखा प्रबन्धक रीमा प्रधानद्वारा शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठको उपस्थितिमा द्वन्द्वपीडित अपांग समाज नेपालका अध्यक्ष युवराज थापालाई ५० हजार रुपैयाँ बराबरको औषधी हस्तान्तरण गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

उक्त संस्था नेपालमा द्वन्द्वपीडित र अपांगता भएका व्यक्तिहरूको अवसर अभिवृद्धि गर्न र जीवनस्तर उकास्ने उद्देश्यका साथ सन् २००५ मा स्थापना भएको गैर–सरकारी सामाजिक संस्था हो।नेपाली समाजमा स्थानीय तहमा सुषुप्त रुपमा रहेका सम्भावनाको पहिचान गरी त्यस्ता सम्भावनालाई उजागर गर्न सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवर्द्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको जनाएको छ।

प्रकाशित: १९ मंसिर २०७८ ०२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App