९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

गरिमा बैंक १५ वर्षमा

गरिमा विकास बैंक १५ वर्षमा प्रवेश गरेको छ। बैंकले आफ्नो वार्षिकोत्सवका अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ। सो अवसरमा बैंकको केन्द्रीय कार्यालय, कुमारीपाटी, सभागृह, बेनी, वालिङ, वुटवल, सुनवल, नारायणगढ, कावासोती, वीरगन्ज लगायत २१ शाखामा बृहत् रक्तदान कार्यक्रम राखिएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

काठमाडौंमा भएको रक्तदानमा ओम हस्पिटल एन्ड रिसर्च सेन्टरसँग सहकार्य भएको थियो। उक्त कार्यक्रमबाट ११ सय ५५ प्वाइन्ट रगत संकलन भएको बैंकको विज्ञप्तिमा उल्लेख छ। वार्षिकोत्सवकै अवसर  पारेर  बैंकले पाँचवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले मोरङको पथरी, सुनसरीको झुम्का, सातदोबाटो, माछापोखरी र  गुलरिया शाखा सञ्चालनमा ल्याएको जनाएको छ।

प्रकाशित: ८ मंसिर २०७८ ०२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App