२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको सहयोग

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले जीविकोपार्जनमा कोभिड–१९ को लकडाउनबाट प्रभावित नेपालका भावी घरधनीको आवश्यकता सम्बोधन गर्न साझेदारीको घोषणा गरेका छन्।

अन्य स्थानीय साझेदार संस्थासँगै ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका कर्मचारीले खाद्य र आधारभूत सरसफाइका सामग्री कञ्चनपुरका पूर्व हलियासमेत मोरङ र सप्तरीका २५० परिवारलाई बाँड्नेछन्।

मेटलाइफ फाउन्डेसनबाट प्राप्त करिब ६ लाख रूपैयाँबाट उक्त परिवारलाई ह्याबिट्याट फर ह्युम्यानिटीले २ महिनाको लागि चामल, दाल, खाने तेल, नुन लगायत अन्य खाद्य सामग्रीहरू, मास्क, साबुन र अन्य सरसफाइका सामग्रीहरू बाँड्ने बताइएको छ।

प्रकाशित: ६ मंसिर २०७८ ०३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App