अर्थमन्त्री जनार्दन शर्माले कर चुहावटको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गर्न निर्देशन दिएका छन्।
१० औँ राष्ट्रिय कर दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले सो निर्देशन दिएका हुन्। उनले डिजिटल कर प्रणालीलाई थप व्यवस्थित बनाएर व्यवसायी मैत्री कर प्रणाली बनाउन सरकार लागि परेको पनि बताए। त्यसको लागि आवश्यकता अनुसारको दक्ष जनशक्ति र प्रविधिको विकाससमेत बढाउँदै जानुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले सरकारले व्यवसायीलाई कर कार्यालयसम्म जानु नपर्ने गरी सबै कर प्रणलाीलाई व्यवसायी मैत्री कर प्रणाली निर्माण गर्न लागेको जानकारी दिए।
सचिव शर्माले कर तिर्नको लागि कुनै विवाद गरिरहनु नपर्ने भन्दै हरेक सेवा, सुविधा र सुरक्षाका लागि सबैले कर तिर्नुपर्ने बताए।
प्रकाशित: १ मंसिर २०७८ १०:५५ बुधबार