६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

तिहार पछि बढ्यो सुनको मूल्य

तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला एक हजार ५ सय रुपैँयाले उकालो लागेर ९२ हजार ५ रुपैँयाले  कायम भएको छ। पहेँलो धातु गत बिहीबार प्रतितोला ९१ हजार रुपैँयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रहने छ जसको मूल्य बिहीबार प्रतितोला ९० हजार ५ सय रुपैँयाले  तोकिएको थियो।

त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा २५ रुपैँयाले उकालो लागेर एक हजार २५० रुपैँया कायम भएको छ। चाँदी बिहीबार प्रतितोला एक हजार २२५ रुपैँयामा कारोबार भएको थियो।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८१९ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: २२ कार्तिक २०७८ ०५:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App