५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

बजेटलाई उत्पादनशील क्षेत्रमा लगानी गरौंः बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेटलाई उत्पादनशील क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका छन्। उत्पादनशील क्षेत्रमा लगानी गर्न नसकिए हामीले भनेको सुखी र समृद्धिको परिकल्पना गर्न नसकिने ठोकुवा गरे।

‘आत्मनिर्भर भनिरहँदा राज्यको बजेट उत्पादन क्षेत्रमा लगानी केन्द्रित हुनुपर्छ,’ मन्त्री बरालले भने, ‘लगानी केन्द्रित गर्न सकिएन भने सुखी समृद्धि र स्वावलम्बि बन्ने कुराले अर्थ राख्दैन।’ मन्त्री बरालले विदेशबाट कमाएर ल्याएको रेमिट्यान्सले मात्रै देशको विकास नहुने जिकिर गरे। ‘रेमिट्यान्स बस्तु खरिदमै बाहिरिने छ,’ उनले भने, ‘त्यसैले पनि बजेटलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्छ।’

कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण गर्ने तर्फ ध्यान जानुपर्ने उनले उल्लेख गरे। उत्पादनमना बृद्धि गर्न नसके विदेशबाट कमाई ल्याएको पैसा बस्तु खरिदमा पुनःविदेशी जाने मन्त्री बरालले स्पष्ट पारे। स्थानीय जनताको जीवनस्तरमा बृद्धि विकास हुने गरी आवश्यकताको आधारमा केही न केही सहयोग गर्ने प्रतिबद्धता उनको थियो। नेकपा माओवादी केन्द्र माछापुच्छ्रे गाउँ कमिटी–३ को शुभकामना आदान प्रदानमा बोल्दै मन्त्री बरालले कृषिलाई आधुनिकीकरण गर्ने तर्फ स्थानीयले पनि चासो राख्नुपर्ने बताए।

नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह तमुले कम्युनिष्ट पार्टीलाई स्वदेशी तथा विदेशी शक्ति लागेर विभाजन गरेको दावी गरे। माछापुच्छ्रे गाउँपालिका–३ का वडा अध्यक्ष सुर्यप्रसाद लम्सालले घाचोकमा पर्यटन चक्रपथ मार्ग निर्माण गर्न आवश्यक बजेटको मिलाईदिन आग्रह गरे । काँग्रेसका वडा कमिटी सभापति कृष्णकुमार श्रेष्ठले बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई सबै मिलेर उचित राहत उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: १५ कार्तिक २०७८ १०:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App