११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

आर्थिक संलग्नता अभिवृद्धिमा परराष्ट्रमन्त्रीको जोड

परराष्ट्रमन्त्री डा.नारायण खड्काले नेपाल र स्विट्जरल्याण्डबीच आर्थिक संलग्नता र साझेदारी अभिवृद्धिमा जोड दिएका छन्।

नेपालका लागि उक्त मुलुकका राजदूत एलिजाबेथ भोन क्यापलरसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा उनले दुवै देशले आर्थिक संलग्नता बढाउनु पर्नेमा जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यस अवसरमा उनीहरूबीच आपसी सम्बन्ध, पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श हुनाका साथै द्विपक्षीय र बहुपक्षीय सहयोगका विभिन्न पक्षमा पनि विचार आदानप्रदान भएको थियो।

प्रकाशित: १२ कार्तिक २०७८ १४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App