१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

२० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज २० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो।  

बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिएकाले राष्ट्र बैंकले १४ दिनको रिपो जारी गर्न लागेको जनाएको छ।

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले कात्तिक ३ गते परिपक्व हुने रिपो आज बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्। यसअघि बैंकले गत असोज १३ गते  ३० अर्ब रिपोमार्फत बजारमा पठाएको थियो। तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन्।

प्रकाशित: २० आश्विन २०७८ ०८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App