७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

समृद्धिका लागि सहकारीको आवश्यकता छ : राज्यमन्त्री बाटी

बागमती प्रदेशका उद्योग, पर्यटक, वन तथा वातावरण राज्यमन्त्री सरस्वती बाटीले मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन सहकारीको अहम् भूमिका रहेको बताएकी छन्। शंखधर बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारणसभाको शनिबार मध्यपुर थिमिमा उद्घाटन गर्दै उनले बचत व्यवस्थापन गरेर अगाडि बढ्ने सकेको खण्डमा आर्थिक अवस्था राम्रो हुने बताइन्।  

राज्यमन्त्री वाटीले हाम्रो देश कृषिप्रदान देश भएकाले सहकारीको माध्यमबाट कृषिमा लगानी गरी अगाडि बढ्ने प्रदेश सरकारको नीति रहेको चर्चा गर्दै बागमती प्रदेशले यो आर्थिक वर्षमा ३ प्रतिशत व्याजमा कृषि तथा अन्य व्यसायमा लगानी गर्ने गरी रु। दुई अर्ब छुट्याइएको जानकारी दिइन्।

पुरुष र महिला बराबरी हिस्सामा रहेको हाम्रो मुलुकमा हरेक निकायमा महिलाहरुको प्रतिनिधित्व अनिवार्य रुपमा ५० प्रतिहुनुपर्नेमा जोड दिँदै उनले अहिलेको अवस्थामा ३३ प्रतिशतमा सीमित भएर बस्नु पर्ने वाध्यता रहेको बताइन्।कार्यक्रममा बागतमी प्रदेशका सदस्य प्रतिमा श्रेष्ठले शंखधर सोकोसको स्थापनादेखि हालसम्म समाज परिवर्तनमा निकै योगदान पु्र्याउन सकेको उल्लेख गर्दै सहकारीले ज्येष्ठ नागरिक, एसईई पास गरेका विद्यार्थी, गरिब विद्यार्थीलाई प्रदान गरेको छात्रवृत्ति जस्ता कार्यको प्रसंशा गरिन्।

कार्यक्रमकै अवसरमा पुरुषतर्फ ज्येष्ठ नागरिक काजीबहादुर मानन्धर, महिलातर्फ ज्येष्ठ नागरिक राजमाया मकै प्रजापतिलाई सम्मान गर्नुका साथै सदस्यका छोराछोरीमध्ये एसईई परीक्षामा सर्वोत्कृष्ट अंक हासिल गर्ने ६ जना विद्यार्थी, आदर्श मावि लायकू, बालप्रेमी मावि बालकुमारी, गणेश मावि नगदेशका एक एक जना विद्यार्थी छात्रवृत्ति प्रदान गरिएको थियो।  

कार्यक्रममा संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठ, सचिव लक्ष्मीभक्त (राजु) श्रेष्ठ, कोषाध्यक्ष रामबहादुर श्रेष्ठ, लेखा सुपरीवेक्षण समितिका संयोजक रत्नसुन्दर श्रेष्ठले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरे। कार्यक्रममा जिल्ला बचत तथा ऋण संस्था लि. भक्तपुरका सदस्य पञ्चकृष्ण श्रेष्ठ, जिल्ला सहकारी संघका सुलोचना दवाल, स्फेकका अध्यक्ष हिरारत्न वज्राचार्यले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

शंखधर बचत तथा ऋण सहकारी संस्थामा हाल तीन हजार बढी सदस्य छन्।  उनीहरुबाट नियमित बचत, क्रमिक आवधिक बचत, बाल बचत, खुत्रके बचत, मासिक बचत, समृद्धि बचत, शंखधर बचत, ऐतिक बचत, कर्मचारी बचत, आवधिक नारी बचत, ज्येष्ठ नागरिक बचत, सदस्य राहत बचतलगायतका शिर्षकबाट रु. ३८ करोड ५२ लाख २३ हजार ३१५ संकलन गरेको संस्थाले जनाएको छ।

यसैगरी घर जग्गा व्यवसाय ऋण, व्यापार व्यवसाय ऋण, सुविधा ऋण, घर निर्माण ऋण, वैदेशिक रोजगार ऋण, कृषि ऋण, जग्गा खरिद ऋण, सामाजिक ऋण, स्वास्थ्य ऋण शिक्षा, ऋण र सेयर ऋण शिर्षकमा रु. ३१ करोड १७ लाख ७४ हजार ११६ ऋण लगानी गरेको छ।

ती विभिन्न शिर्षकमा गरिएको ऋण लगानीबाट यस वर्ष ९४ लाख १९ हजार २१५ मुनाफा गर्न सफल भएको छ।साकोसमा दिगो रुपमा व्यवस्थित तरिकाले सञ्चालन गर्न विभिन्न १० वटा नीति तथा ६ वटा कार्यविधि बनाइ सञ्चान गरिरहेको छ।

प्रकाशित: १७ आश्विन २०७८ १३:०४ आइतबार

शंखधर बचत तथा ऋण सहकारी