१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

ब्रिटिस कलेजद्वारा नमस्ते एकेडेमीको व्यवस्थापन

ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ‘द ब्रिटिस कलेज’ (टिबिसी)ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापन थालेको छ। ब्रिटिस कलेजले आधिकारिक रूपमा नमस्तेको व्यवस्थापन थालेको हो।

टिबिसीको व्यवस्थापनमा आएसँगै नमस्ते एकेडेमीलाई पश्चिम नेपालको अग्रणी शैक्षिक संस्थामध्ये एक बनाउने उद्देश्यका साथ केही परिवर्तन थालनी भएको छ। विश्वस्तरीय शिक्षा प्रदान गर्नका लागि नमस्तेको व्यवस्थापनसँगै अत्याधुनिक पूर्वाधारमा पनि परिवर्तन थालिएको हो।

लामो समयदेखि ब्रिटिस कलेजको सल्लाहकार समितिमा रहेका पाउल क्ल्भिस एमबिईलाई नमस्तेको विद्यालय व्यवस्थापन समितिको उपाध्यक्षको जिम्मेवारी दिइएको छ। शैक्षिक क्षेत्रमा निकै उपलब्धि हासिल गरेका क्ल्भिससँग बेलायतका प्रतिष्ठित विश्वविद्यालयमा काम गरेको अनुभव रहेको छ। उनले काम गरेका शैक्षिक संस्थामा उत्कृष्टमध्येको एक बेलायतको इटन कलेज रहेको छ। साथै, उनको सर्वाधिक विक्री भएको पुस्तक विश्वका विभिन्न विश्वविद्यालयमा पढाइँदै आएको छ।

त्यस्तै, विद्यालयको एक्जिक्युटिभ प्रिन्सिपलमा मार्क बार्थोलोमेउलाई नियुक्त गरिएको छ। शैक्षिक व्यवस्थापनमा दक्खल बार्थोलोमेउ बेलायती नागरिक हुन्। ब्रिटिस एजुकेसन ग्रुपले नेपालमा ब्रिटिस कलेज तथा मदरल्यान्ड स्कुल तथा दुबई र बेलायतमा पनि शैक्षिक संस्था सञ्चालनमा ल्याएको छ। यसै समूहका सदस्य अरूण कँडेल विद्यालय विभागका प्रमुख रहेका छन्। 

शैक्षिक क्षेत्रमा करिब १५ वर्षको अनुभव हासिल गरेका कँडेलले नमस्तेसहित अन्य विद्यालयको शैक्षिक सुधारमा प्रमुख भूमिका निर्वाह गर्नेछन्।

प्रकाशित: १० आश्विन २०७८ ०३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App