१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकका ग्राहकलाई ग्रोडेलीमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्रोडेलीबीच सिटिजन्स बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई छुट दिने सम्झौता भएको छ। 

नेपालमा उत्पादित किराना सामग्रीको प्रवद्र्धनका लागि स्थापित ग्रोडेलीसँगको सहकार्यपश्चात बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले ग्रोडेलीमार्पmत अनलाइन अर्डर गरी क्युआरमार्फत भुक्तानी गर्दा छुट प्राप्त गर्नेछन्।  

हालसम्म बैंकले आफ्नो मोबाइल बैंकिङमा दर्ता नभएका ग्राहकको लागि घरमै बसेर निःशुल्क मोबाइल बैंकिङमा दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ। मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी, डेबिट कार्डको लागि आवेदन र मुद्दती खाताको आवेदन दिन सक्ने लगायत व्यवस्था गरेको जानकारी बैंकले गराएको छ।

प्रकाशित: २७ भाद्र २०७८ ०८:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App