४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

२० युनिट विद्युत खपत गर्ने नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने : मन्त्री भुसाल

ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले २० युनिट विद्युत खपत गर्ने नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने सरकारको निर्णय ढेड महिना भित्र कार्यान्वयनमा ल्याउने बताएकी छन्।

मन्त्री भुसालले गरिवीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने लक्ष्यका साथ आफूले सो निर्णय गराएको उल्लेख गर्दै करिव डेढ महिना कार्यान्वयनमा ल्याईछाडने बताएकी हुन्। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यसका लागि विद्युत प्राधिकरणसँग आफूहरुले आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको उल्लेख गर्दै अव विद्युत नियमन आयोगले निर्णय गरेपछि कार्यान्वयनमा आउने पनि स्पष्ट पारिन्।

मन्त्री भुसालले गरिवी र अभावमा रहेका नागरिकलाई सहयोग गर्ने काममा सबैलाई साथ दिन पनि आग्रह गरिन्। उनले गरिवी र अभावमा रहेका जनताको जीवनस्तर नउठेका कारण नेता र राजनीतिक दलहरु आलोचनाको पात्र बन्न पुगेको पनि पटकपटक दोहोर्याइन्।  

प्रकाशित: ४ भाद्र २०७८ १४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App