१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

निषेधाज्ञामा कडाई, आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

कोभिड १९ को संक्रमण बढ्दै जाँदा काठमाडौं उपत्यकामा आजदेखि राति ८ पछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। कोभिड–१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो।

आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको जनाइएको छ। अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ। अत्यावश्यक काममा प्रयोग हुने सवारी भने चौबीसै घण्टा सञ्चालन हुने छ। पछिल्लो दुई हप्तादेखि उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ।

अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअलरूपमा मात्रै गर्ने निर्णय गरेको थियो।

अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत राखिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रजिअसहितको बैठकले उक्त आदेश जारी गरी लागू गरेको हो।

प्रकाशित: २८ श्रावण २०७८ ०८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App