२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पाथीभराको विकासका लागि १७ लाख नगद प्रदान

ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको विकासका लागि झापाको दमकस्थित धर्म दर्शन फाउण्डेशन नेपालले १७ लाख रुपैयाँ नगद सहयोग गरेको छ।

उसले पाथीभरा पुगेका तिर्थयात्रीका लागि ५४ थान कम्बल समेत दिएको छ। फाउण्डेशनले ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा पुराण लगाई समापनको दिन मंगलबार यो रकम पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिलाई हस्तान्तरण गरेको हो।

भक्तजनहरुको सुविधाका लागि काफ्लेपाटीमा विश्रामालय बनाउन यो रकम सहयोग गरेको फउण्डेशन कुवेर सुवेदीले जानकारी दिए। समिति अध्यक्ष तारानाथ घिमिरेलाई ९ लाखको चेक र ३ लाख नगद मंगलवार हस्तान्तरण गरिएको छ।

बाँकी पाँच लाख रुपैयाँ फाउण्डेशनले पछि पठाउने कबोल गरेको छ। यो रकमसहित धर्म दर्शन फाउण्डेशन नेपालले ५४ थान कम्बल पनि मन्दिर परिसरमै हस्तान्तरण गरेको छ। प्रदान भएको रकमबाट काफ्लेपाटीमा तीर्थयात्रीका लागि विश्रामस्थल निर्माण गर्ने प्रयोजनका कार्यमा खर्च गर्ने सहमति बनेको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिले जनाएको छ।

समिति पाथीभरा क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धनका लागि जनस्तरबाट गठन भएको क्रियाशील संस्था हो।  

प्रकाशित: ३० असार २०७८ १४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App