२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

डिसहोमको ‘खुसीको कनेक्सन’ अभियानको भिडियो

डिसहोमले आफ्नो ‘खुसीको कनेक्सन’ अभियान अन्तर्गतको पूर्ण भिडियो सार्वजनिक गरेको छ। डिसहोम र खुुसीलाई एक अर्काको पर्याय बनाउँदै विकास गरिएको यस योजनामा भर्खरै विवाह भएर नयाँ घर प्रवेश गरेकी एक दुलहीको मनोदशा,नयाँ सम्बन्धको संकोच रनयाँ वातावरणको असहजताका देखाइएको छ। 

यी सबैका बीच अवस्था सामान्य, सम्बन्धमा मिठास र वातावरण मनोरम बनाउन उक्त घरमा डिसहोमको भूमिकाका बारेमा चित्रण गरिएको छ।

आफ्नो माइतीघरमा जस्तै कर्मघरमा पनि डिसहोमको छाता देखेर नवदुलही केही हदसम्म प्रसन्न हुन्छिन्। नयाँ ठाउँमा उनका लागि त्यो क्षण तत्काल खुसीको कनेक्सनमा परिवर्तित हुन्छ। लोकप्रिय गायक अमित बरालको ‘म तिम्रै हुँ’,गीतमा लयबद्घ यस अभियानमा नयाँ परिवेशमा नवविवाहित जोडीबीच डिसहोमसँगै कसरी सहजता र आत्मीयता बढ्दै जान्छ भनी प्रस्तुत गरिएको छ। 

डिसहोमका लागी विज्ञापन एजेन्सी मार्सले यस अभियानको अवधारणा तयार गरेको हो। उच्च प्रविधीका साथ तयार गरिएको यो व्यवसायिक योजना मनोरञ्जनात्मक रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: ३० असार २०७८ ०४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App