८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

भक्तपुरमा स्व. शाह स्मृति पुरस्कार वितरण

जिल्ला सहकारी संघ भक्तपुरको ४३ औं स्थापना दिवसमा स्व.सुरेन्द्रप्रताप शाह स्मृति पुरस्कार वितरण गरिएको छ।

संघले आयोजना गरेको कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपसचिव उपेन्द्रबहशादुर ढुंगानाले सो पुरस्कार वितरण गरेका हुन्।

उपसचिव ढुंगानाले स्व.सुरेन्द्रप्रताप शाह स्मृति नगद पूरस्कार एवं सम्मान पत्र मध्यपुरथिमि नगरपालिकाको नगदेशस्थित सहयोगी वचत तथा सेवा केन्द्र सहकारी संस्था लि.लाई प्रदान गरेका थिए। पुरस्कार राशि नगद दशहजार एक रुपैयाँ रहेको छ।

सोही अवसरमा संघले विभिन्न व्यक्तिहरुलाई समेत सम्मान गरेको छ। संघले गरेको अन्तरक्रिया एवं वनभोज कार्यक्रममा सहयोग पुर्याउने संस्था एवं व्यक्तिहरुमध्ये भाषासेवी माजसू साकोस, अभ्युदय साकोस, शान्तिभैरव महिला विकास बहुउद्देश्यीय सहकारी, सुर्यविनायक नगर समितिका सचिव रामकूमार बोयजु, संघका सह लेखापालसपना सिमछ्वा रहेका छन्।

प्रकाशित: २९ असार २०७८ ०८:१४ मंगलबार

जिल्ला सहकारी संघ सुरेन्द्रप्रताप शाह