११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

पर्यटन क्षेत्रका कर्मचारीलाई सिआइटीबाट सापटी

नागरिक लगानी कोष (सिआइटी) ले पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीले कोषबाट सञ्चालित कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रूपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी दिने व्यवस्था मिलाएको छ।  

कोभिड १९ को संक्रमण रोक्न निषेधाज्ञा लागू गर्दा पर्यटन उद्योगसँग सम्बद्ध होटल, ट्राभल, टे«किङ तथा उड्डयन क्षेत्रमा कार्यरत कर्मचारीहरू तुलनात्मक रूपमा बढी प्रभावित भएको भन्दै कोषले उनीहरूलाई लक्ष्य गरेर यो योजना अघि सारेको हो।  

हालको असामान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भए पनि राहत र सहयोग पुर्याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको कोषले जनाएको छ।  

कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधा अन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ७ असार २०७८ ०४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App