१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

एनएमबिको सर्वाधिक ब्याज योजना

सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरिरहेकोे दाबी गरेको छ।  

बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको एनएमबि बैंकले अहिले आफ्ना ग्राहकलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको विज्ञप्तिमा उल्लेख छ। एनएमबिको भनाइमा यो वाणिज्य बैंकहरूले दिइरहेको मध्येकै सर्वाधिक हो। बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने जनाएको छ।

‘हाल मुख्यतया बैंकहरूले कर्जा सापटीमा केन्द्रित रहेकोे देखिए तापनि एनएमबिले भने स–साना निक्षेपकर्तालाई मर्का नपरोस् भन्ने उद्देश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको हो,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। हाल बैंकले एक सय ८१ शाखा, एक सय ३७ एटिएम, नौ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ।

प्रकाशित: ६ असार २०७८ ०५:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App