१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाल इन्स्योरेन्सले क्रेडिट एन्ड कमर्स बैंकको सेयर बेच्ने

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडको नौ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। 

संस्थाले जारी गरेको सूचना अनुसार सेयरको प्रतिकित्ता न्यूनतम मूल्य एक सय ४० रूपैयाँ तोकिएको छ। बोलकबोलबाट संस्थापक सेयर किन्न इच्छुकले न्यूनतम हजार कित्ताका लागि आवेदन दिनुपर्ने जनाइएको छ।  

उक्त सेयर किन्न इच्छुक विद्यमान संस्थापक, अन्य कम्पनी, संघ–संस्था तथा व्यक्तिले असार १६ गतेसम्ममा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडमा आफूले तिर्न चाहेको दर लगायतको विवरण खुलाई गोप्य सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।

प्रकाशित: ४ असार २०७८ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App