७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

मेटलाइफ फाउन्डेशनद्वारा ५० हजार अमेरिकी डलर सहयोग

कोरोना महामारीको कठिन परिस्थिीमा मेट लाइफ संस्थाले ५० हजार अमेरिकी डलरको सहयोग गर्ने भएको छ। मेट लाइफले यो सहयोग अमेरिकी नेपाल मेडिकल फाउन्डेशन (एएनएमएफ)द्वारा नेपाली जनतालाई गर्ने भएको हो। प्रदान गरिएको उक्त रकमले आवश्यक चिकित्सा सेवा प्रदान गरिनेछ।

कोरोनाको दोस्रो लहरपछि सिर्जना भएको यस परिस्थितीमा कोरोना संक्रमित विरामीहरुले एमबुलेन्स, अस्पताल, बेड, चिकित्सक, अक्सिजन, भेन्टिलेटर, आदिको अभाब भोग्दै आएका छन्। यसलाई मध्यनजर गर्दै फाउन्डेशनले सहयोगको यो पाइला सारेको हो।  

मेट लाइफले सहयोगले देशका विभिन्न स्थानमा सञ्चालित आइसोलेसन केन्द्र तथा अस्पतालहरुमा उच्च बहाबको अक्सिजन उपकरण तथा कन्सेनट्रेटरलगायत अन्य आवश्यक स्वास्थ्य चिकित्सा आपूर्तिमा प्रयोग हुने छ।  

हाल देशमा विरामीहरुको चाप अत्यन्य गम्भिर रहेको छ। संख्या दिन प्रतिदिनमा बढ्ने क्रम रहेको छ। यस अवस्थालाई मध्य नजर गर्दै मेट लाइफले एएनएमएफलाई स्वास्थ्य पूर्वाधारमा पर्ने भार न्यूनीकरण गर्न थप सक्ष्म बनाउन मद्धत हुने जनाएको छ।  

अमेरिकी नेपाल मेडिकल फाउन्डेसन सन् १९९७ मा नेपाली चिकित्सकहरुद्वारा स्थापना गरिएको एक गैर नाफा मूलक संस्था हो। यस संस्थाले देशमा विशिष्ट स्वास्थ्य सेवालाई टेवा पुर्‍याउने दृष्टिकोणका बोकेको संस्था हो।

प्रकाशित: ३ जेष्ठ २०७८ ०९:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App