१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

५० प्रतिशत मात्रै म्याद थप्ने प्रावधान हटाउन माग

निर्माण व्यवसायीले कोभिड १९ को कारण प्रभावित आयोजनाको एकमुष्ठ म्याद थप गर्नुपर्ने माग गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावलीको छैटौं संशोधनमार्फत ल्याइएको सुरु सम्झौताको ५० प्रतिशतभन्दा बढी हुने गरी म्याद थप गर्न नपाइने प्रावधान संशोधन गर्न माग  गरेको हो।  

महासंघका महासचिव रोशन दाहालले महासंघको गत चैत २९ र ३० गते राजधानीमा सम्पन्न २२ औं साधारणसभाले जारी गरेको काठमाडौं घोषणापत्रबारे जानकारी गराउने क्रममा ५० प्रतिशत मात्रै म्याद थप गर्नुपर्ने प्रावधानले अधिकांश आयोजनाको निर्माण कार्य प्रभावित भएको बताए।

‘यो प्रावधानले धेरै निर्माण कार्यको ठेक्का तोड्नुपर्ने अवस्था सिर्जना गरेको छ,’ उनले भने, ‘ठेक्का तोड्दा एकातर्फ आयोजनाको लागत बढ्ने, अर्काेतर्फ निर्माण कम्पनीहरू धराशयी हुने र सरकारको पनि लागत बढ्ने अवस्था हुन्छ।  त्यसैले ५० प्रतिशत मात्रै म्याद थप गर्नुपर्ने अव्यवहारिक प्रावधान अविलम्ब खारेज गर्नुपर्छ।’ महासंघका अध्यक्ष रवि सिंहले एक वर्षभन्दा धेरै म्याद थप गर्न नपाइने प्रावधानले नर्माणको काम प्रभावित हुने बताए।

प्रकाशित: १० वैशाख २०७८ ०४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App