४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लेखनाथ खास्टे ताल महोत्सव हुने

लेखनाथ खास्टे ताल महोत्सवबारे जानकारी गराँउदै आयोजक। तस्बिर: सन्देश/नागरिक

पोखरामा आयोजना हुन लागेको लेखनाथ खास्टे ताल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। पोखरा महानगरपालिका वडा नम्बर २६ स्थित खास्टे तालको संरक्षण गर्ने उद्देश्यले चैत १२ गतेदेखि २२ गतेसम्म हुने खास्टे ताल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक खास्टे तथा न्युरेनी ताल संरक्षण विकास समितिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।  

राष्ट्रिय संगीतकर्मी संघको व्यवस्थापनमा खास्टे र न्युरेनी ताल किनारमा महोत्सव हुने आयोजकले जनाएको छ। सरकारले सभा, सम्मेलन, जमघट, मेला, महोत्सव नगर्न अपिल गरे पनि आफूहरूले सरकारले तोकेको मापदण्ड पूरा गरेर महोत्सव गर्न लागेको उनले बताए। उनका अनुसार महोत्सवमा भौतिक दुरी दुई मिटर कायम गर्न प्रयास गर्ने, मास्क अनिवार्य लगाउने तथा साबुन पानीले हात धुने र आवश्यकता अनुसार सेनिटाइजर प्रयोग गरिनेछ।

‘खास्टे जाऊँ, माछा खाऊँ’ नारासहित हुने महोत्सवको उद्देश्य खास्टे र न्युरेनी तालको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्ने रहेको खास्टे तथा न्युरेनी ताल संरक्षण विकास समितिका अध्यक्ष हरिप्रसाद अधिकारीले बताए। महोत्सवमार्फत आन्तरिक पर्यटन चलायमान गराउने समेत आफूहरूको उद्देश्य रहेको उनको भनाइ छ।

प्रकाशित: १० चैत्र २०७७ ०३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App