१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

प्रदेश सरकारले उत्पादन र रोजगारीका लागि तीन अर्ब विनियोजन गरेको छः मन्त्री फुयाँल

वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले उत्पादन र रोजगारी सिर्जना गर्न तीन अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन्।

गोदावरी नगरपालिकाको पाँचौं स्थापना दिवसका अवसरमा बिहीबार मन्त्री फुयाँलले मुलुकको गरिबी र बेरोजगारीको समस्या समाधान गर्न कृषि विकास बैंकसँग आफूहरुले सम्झौता गरिसकेको बताए। उत्पादनको  काम गर्न ऋण आवश्यक परेका व्यक्तिले बैंकमा सम्पर्क गरी निर्यातमुखी कामलाई अघि बढाउन उनले आग्रह गरे।

ललितपुर क्षेत्र नं १ प्रदेशसभाका सदस्य चेतनाथ सञ्जेलले गोदावरीमा ‘एक घर, एक धारा’ को अभियान ल्याएपनि अझै पूर्णरुपमा पालना हुन नसकेको दुःखेसो गरे।  

यसैगरी अर्का सदस्य लालकुमारी पुनले ललितपुरका सुगम क्षेत्रमा मात्रै नभई दुर्गम क्षेत्रमा पनि समानताका हिसाबले विकासका गतिलाई अघि बढाउन जरुरी रहेकाले यसतर्फ ध्यान दिनुपर्ने बताए। नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भौगोलिक रुपमा गोदावरी काठमाडौं उपत्यकाका अन्य नगरपालिकाभन्दा ठूलो रहेकाले यसलाई सरकारले विनियोजन गर्ने बजेटमा केही संशोधन गरी थपेर दिन जरुरी रहेको सुझाव दिए।  

सो कार्यक्रममा गोदावरीभित्र सबभन्दा बढी कर तिर्ने ‘युनाइटेड सिमेट प्राली’ का प्रमुख कार्यकारी अधिकृत माधवराज तिमिल्सिना, विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्न सफल नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोललगायतलाई सम्मान गरिएको थियो।

प्रकाशित: २८ फाल्गुन २०७७ ०१:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App