५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

एक हजार ७ सयले घट्यो सुन

स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ। अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन एक हजार ७ सय रुपैयाँले घटेको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। सोमबार छापवाल सुन तोलामा ८८ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो।  

यस्तै तेजाबी सुन तोलामा ८६ हजार ५ सय५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। सोमबार तेजाबी सुन तोलामा ८८ हजार २सय ५० रुपैयाँमा कारोवार भएको थियो।  

यसैगरी चाँदी आज तोलामा ४० रुपैयाँले घटेको छ। सोमबार एक हजार ३ सय ३० रुपैयाँमा कारोवार भएको चाँदी आज भने तोलामा एक हजार २ सय ९० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। रासस

प्रकाशित: १८ फाल्गुन २०७७ ०६:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App