४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

उपत्यकाको फोहोर व्यवस्थापन जिम्मा नेपवेस्टलाई दिने प्रस्ताव

लगानी बोर्डको कार्यालयले उपत्यकाको फोहोरमैला व्यवस्थापनाको जिम्मेवारीबाट हात झिकेपछि उपत्यकाको फोहोरमैला व्यवस्थापनको जिम्मेवारी साबिककै नेपवेस्ट कम्पनीलाई दिने प्रस्ताव महानगरको विशेष अधिवेशनमा पुगेको छ। बोर्डले फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकार मातहत आएको भन्दै सो प्रस्ताव महानगरमा फिर्ता गरेको थियो।  

काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले लगानी बोर्डको कार्यालयबाट फिर्ता आएको प्रस्ताव विशेष अधिवेशनमा छलफल भए पनि अहिलेसम्म कुनै निर्णय नभएको बताए। ‘लगानी बोर्डको कार्यालयले यसअघि नै उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्ने गरी नेपवेस्ट कम्पनीलाई दिने निर्णय गरेको थियो,’ उनले भने, ‘अहिले सो सम्झौता कार्यान्वयनको लागि महानगरसमक्ष आइपुगेको हो।’ अहिलेसम्म उक्त सम्झौताको विषयमा केही काम अघि बढेको छैन।  

लगानी बोर्डको कार्यालयले १ असार २०७५ मै फोहोरमैला व्यवस्थापनको जिम्मेवारी दिने गरी नेपवेस्ट कम्पनीसँग सम्झौता गरेको थियो। सोही सम्झौतामा टेकेर लगानी बोर्डले १ असार २०७५ मा परियोजना विकास सम्झौता स्वीकृत गरेको थियो। दुवै पक्षबीचको सम्झौता स्वीकृत भएको तीन महिनाभित्रै फोहोर संकलनको जिम्मेवारी, कामदारको समायोजन, फोहोरमैला संकलन गर्ने औजार तथा उपकरण लगायतका सम्पूर्ण हस्तान्तरण गर्नुपर्ने प्रारम्भिक सम्झौतामा उल्लेख थियो। तर सो कुरा अहिलेसम्म कार्यान्वयन भएको छैन।

प्रकाशित: ७ फाल्गुन २०७७ ०४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App