१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

होटललाई दक्ष कामदार उत्पादन गरिँदै

पर्यटन प्रवद्र्धन र युवालाई दिगो रोजगारीको अवसर दिन होटल व्यवसायमा दक्ष जनशक्ति उत्पादन गरिँदैछ । इलाम उद्योग वाणिज्य संघले १५ महिना सञ्चालन हुने गरी दिगो रोजगारीका लागि सीप विकास परियोजना थालेको हो ।  

बेरोजगार युवालाई लक्षित गरी होटलमा काम गर्ने तीन सय २० दक्ष कामदार उत्पादन गर्न तीन करोड २३ लाख रूपैयाँबराबरको परियोजना सुरु भएको छ । उत्पादित कामदारले जिल्लाकै होटलमा रोजगारी पाउने र अन्य क्षेत्रमा रोजगारीका लागि जाँदा पनि दक्ष भएर सीप देखाउन सक्ने संघले जनाएको छ ।  

परियोजनाबारे सरोकारवालालाई जानकारी दिँदै परियोजना संयोजक राम रिमालले यसबाट तीन सय ८५ सरोकारवाला प्रत्यक्ष लाभान्वित हुने बताए । ‘कुल बजेटको ७३.६३ प्रतिशत कार्यक्रम र १९.३७ प्रतिशत प्रशासनिक खर्च तोकिएको छ,’ उनले भने, ‘सात प्रतिशत चाहिँ संस्थाको ओभरहेड कस्ट हो ।’ परियोजनापछि रुम एटेन्डेन्ट, होटल असिस्टेन्ट, वेटर÷वेट्रेस, जनरल कुक, कन्टिनेन्टल कुक, हाउसकिपिङ क्लिनर, रिसेप्सनिस्ट कम क्यासियरलगायत जनशक्ति उत्पादन हुनेछन् । तालिमको प्राविधिक पक्षमा रत्नकुमार बान्तवा पोलिटेक्निकल इन्स्टिच्युटले साझेदारी गर्ने बताइएको छ । संघका वरिष्ठ उपाध्यक्ष कृष्ण (चेतनाथ) पौडेलले होटलमा दक्ष जनशक्ति उत्पादन गर्दा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।  

‘दक्ष जनशक्ति उत्पादनले युवालाई रोजगारी मिल्छ,’ उनले भने, ‘होटलमा दक्ष जनशक्ति हुँदा पर्यटन व्यवसाय प्रवद्र्धनमा समेत सघाउ पुग्छ ।’ 

प्रकाशित: १७ मंसिर २०७७ ०४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App