९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

उद्योग वाणिज्य महासंघमा ढकाल प्यानलको उम्मेदवारी दर्ता

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। आगामि मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने महासंघको ५४औं वार्षिक साधारण सभा तथा निर्वाचन हुँदैछ।

आइएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकालको नेतृत्वमा उनको प्यानलका तीनै जना उपाध्यक्षले बुधबार महासंघको केन्द्रीय कार्यालय टेकू पुगेर उम्मेदवारी दर्ता गरएका हुन्। ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघईले पनि उम्मेदवारी दर्ता गरेका छन्।

कोभिड–१९को कारण महासंघको निर्वाचन सर्दै आएको छ। साधारण सभा पछि महासंघका अहिलेका वरिष्ठ उपाध्यक्ष शेरख गोल्छा स्वतः अध्यक्ष हुनेछन्। महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष हुने पदाधिकारी अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ।  

महासंघक निर्वाचनमा अर्का उपाध्यक्ष किशोर प्रधानले पनि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

उम्मेदवारी दर्ता पछि बोल्दै ढकालले कोभिड–१९बाट उत्पन्न व्यवसायिक समस्या समाधान गर्न पहल गर्ने बताए। उनले मुलुकको आर्थिक सम्मृद्धिमा निजी क्षेत्रलाई सशक्त बनाउन आफूले उम्मेदवारी दिएको दाबी गरे। ‘कोभिडको कारण अर्थतन्त्रका सबैजसो अवयवहरु क्षतविक्षत भएका छन्,’ ढकालले भने, ‘संकटमा परेका व्यवसाय र व्यवसायीलाई जोगाउने मेरो पहिलो दायित्व हुनेछ।’

मुलुकको समग्र अर्थतन्त्रलाई बचाउन, विकास र सम्मृद्धिमा सरकारसँग हातेमालो गरेर अघि बढ्न उम्मेदवारी दिएको उनले बताए। ‘म सँग साना देखि ठूला व्यवसायसम्मको अनुभव,’ ढकालले भने, ‘व्यावसायिक वातावरण बनाउन भूमिका खेल्छु।’

 

 

प्रकाशित: ५ कार्तिक २०७७ १०:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App