११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

निसानको चाडपर्व अफर

निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाडपर्वको अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ । 

योजना अन्तर्गत शून्य प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सकिनुका साथै नौ महिनासम्मको किस्तासमेत कम्पनीले नै तिरिदिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अफर नलिने ग्राहकलाई भने २० लाखसम्म नगद छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ । 

साथै, ३५ हजार नौ सय ९९ रूपैयाँ बराबरको रेडमी नोट ९ प्रो म्याक्स मोबाइल फोन समेत प्राप्त गर्न सकिने जनाइएको छ । यो योजना अन्तर्गत हरेक निसान गाडी खरिदमा ५० हजारसम्मको एसेसोरिज र एक वर्षको बिमा निःशुल्क, १० वर्षसम्मको फाइनान्सिङ, बोच हाई प्रेसर वासर, तीन वर्षको वारेन्टी, तीन वर्षसम्म निःशुल्क सर्भिसिङ, लोयल्टी बोनस, चालु आर्थिक वर्षको सडक कर र स्पट एक्सचेन्जको सुविधा पनि लिन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित: १३ आश्विन २०७७ ०३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App