नेपालका लागि फोटोन मोटरको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले नेपाली बजारका लागि आफ्नो दोस्रो पिकअप टुनल्यान्ड ई र दोस्रो भ्यान भ्यू सिएस २ एल सार्वजनिक गरेको छ ।
फोटोनको नयाँ टुनल्यान्ड ईमा २.८ लिटरको इनलाइन ४ सिलिन्डर, टर्बोचार्ज एन्ड इन्टरकुलरसहितको फोरवाइड ५ स्पिड म्यानुल ट्रान्समिसन भएको डिजेल इन्जिन राखिएको जसले ३६ सय आरपिएममा अधिकतम ८५ किलोवाट बराबरको पावर र १६ देखि २४ सय आरपिएममा अधिकतम २८० एनएम टर्क उत्पन्न गर्ने कम्पनीले जनाएको छ ।
टुनल्यान्ड ईको कार्गो बक्सको आकार १.५२ मि बाई १.५८ मि बाई ०.४४ मि रहेको छ जुन क्लासकै सबैभन्दा ठूलो भएको कम्पनीको दाबी छ । साथै यसको पेलोड क्यापासिटी एक टन र फ्युल ट्यांक क्यापासिटी ७६ लिटर छ । यात्रुको आरामका लागि टुनल्यान्ड ईमा अगाडि अपर एन्ड लोवर ए–आर्म (डबल विसबोन क्वाइल स्प्रिङ) र पछाडि सक एब्जोर्बरहितको डेपेन्डेन्ड सस्पेन्सन राखिएको छ ।
फोटोनमा सुरक्षालाई सबैभन्दा बढी प्राथमिकतामा राखिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । त्यसैले यसमा डुअल एअरब्याग, फ्रन्ट भेन्टिलेटेड डिस्क, इबिडीसहितको एबिएस, सेन्ट्रल लकिङ र सिट बेल्ट वार्निङ जस्ता सुरक्षाका फिचर छन् । साथै, यसमा टिल्ट एन्ड टेलिस्कोपिक पावर स्टेरिङ, एअर कन्डिसनर, हिटर, इलेक्ट्रिकल्ली एड्जस्टेबल रियर भ्यू मिरर आदि छन् । नेपाली बजारका लागि टुनल्यान्ड ईको मूल्य ५९ लाख ५० हजार रूपैयाँ तोकिएको छ ।
नेपालको पहिलो १९ सिटर भ्यान, भ्यू सीएस२एल
टुनल्यान्ड ईसँगै एमएडब्लु वृद्धिले नेपालकै पहिलो र एक मात्र १९ सिट क्षमताको भ्यान पनि सार्वजनिक गरेको छ । यसमा लगाइएको विश्वमै सबैभन्दा विश्वास गरिएको २.८ लिटरको कमिन्स इन्जिनले ३६ सय आरपिएममा अधिकतम ११० किलोवाट पावर र तीन हजार आरपिएममा ३३० एनएम टर्क उत्पन्न गर्छ जुन प्रतिस्पर्धीमध्येकै सबैभन्दा बढी रहेको कम्पनीले जनाएको छ ।
भ्यु सिएसएलमा डुअल एअरब्याग, इबिडीसहितको एबिएस, फोल्डेबल सिट, क्यामेरसहितको रिभर्स सेन्सर, सेन्ट्रल लकिङ र चाइल्ड सेफ्टी लक, सिट बेल्ट वार्निङ, फ्रन्ट फग ल्याम्प, डे रनिङ लाइट जस्ता क्लासकै सबैभन्दा बढी फिचरहरू रहेका छन् । नयाँ भ्यु सिएसमा पावर स्टेरिङ, पावर विन्डो, एअर कन्डिसनर फ्रन्ट र रियर पनि उपलब्ध छ । नेपाली बजारका लागि भ्यू सिएस२एलको मूल्य ७२ लाख रूपैयाँ कायम गरिएको छ ।
प्रकाशित: ३० भाद्र २०७७ ०२:३० मंगलबार