९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

रसुवागढीबाट २७ अर्बको सामग्री आयात

रसुवागढी नाकाबाट एक वर्षमा २७ अर्ब मूल्य बराबरको सामग्री आयात भएको छ । रसुवा भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष ०७६/७७ मा २७ अर्ब ७० करोड ९७ लाख १७ हजार मूल्य बराबरको सामग्री आयात भएको हो ।  

यो आव ०७५/७६ को तुलनामा १८ अर्ब ३१ करोड ९५ लाख ८९ हजार कम हो । तथ्यांक अनुसार ०७५/७६ मा ४६  अर्ब दुई करोड ९३ लाख ६ हजार मूल्य बराबरको सामग्री आयात भएको थियो ।  

नाकामा कारोबार वृद्धि हुँदै जाँदा राजस्व संकलन पनि बढ्दै गएको थियो । गत आवमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण करिब पाँच महिना नाका बन्द भएकाले आयात घटेको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए ।

साउनमा तीन अर्ब १७ करोड ३६ लाख ८६ हजार, भदौमा ६ अर्ब ४७ करोड ६८ लाख ४१ हजार, असोजमा चार अर्ब ४७ करोड दुई लाख २९ हजार, कात्तिकमा पाँच अर्ब २९ करोड ६६ लाख ८० हजार, मंसिरमा तीन अर्ब ३१ करोड १० लाख ७२ हजार रूपैयाँ मूल्य बराबरको सामग्री आयात भएको कार्यालयको तथ्यांक छ ।  

यस्तै पुसमा दुई अर्ब ८३ करोड १८ लाख २९ हजार, माघमा एक अर्ब ९४ करोड ६२ लाख २३ हजार र फागुनमा १५ करोड ६६ लाख ८७ हजार रूपैयाँ मूल्य बराबरको सामग्री आयात भएको हो । त्यस्तै असारमा चार करोड ६४ लाख ७० हजार मूल्य बराबरको सामग्री आयात भएको छ । गएको चैत, वैशाख र जेठमा भने सामग्री आयात भएको थिएन ।

प्रकाशित: २८ श्रावण २०७७ ०३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App