व्यापक घाटा भएको भन्दै रौतहटको चिनी उद्योग ‘श्रीराम सुगर मिल्स’ सधैंका लागि बन्द गरिएको छ ।
उद्योगले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै २ अर्ब १७ करोड ७५ लाख ५८ हजार रुपैयाँ घाटा भएकाले अब सञ्चालन गर्नै नसकिने जानकारी दिएको हो । करौडौं खर्च गर्दासमेत मिललाई जोगाउन नसकिएको मिल्सले जनाएको छ ।
पुँजी अभावका कारण ४ महिनादेखि कर्मचारी/कामदारलाई समेत तलब दिन नसकिएको सूचनामा उल्लेख छ ।
गत फागुन १३ गतेदेखि नै मिल्स पूर्ण रूपमा बन्द रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित: १२ श्रावण २०७७ ०९:२७ सोमबार