१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

एनसेलको ननस्टप युट्युब अफर

एनसेलका सबै फोरजी ग्राहकले अब लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट भरपुर फाइदा लिन सक्ने भएका छन । एनसेलको प्राइभेटले आफ्नो नयाँ ‘प्लस’थिमअन्तर्गत आफ्ना फोरजीग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’अफर ल्याएको जनाएको छ । ‘प्लस’थिमअन्तर्गतको ननस्टप  युट्युबअफरमा ग्राहकले निश्चिन्त रूपमामात्र एक सय रूपैयाँमा एक साताभरि ४८०पीमा युट्युब भिडियो सामाग्रीकोे मजालिन सक्ने कम्पनीले जनाएको छ । साथै यो अफरमा ग्राहकले चार जिबी फोरजी अल टाइम अल नेटवर्क डेटाको फाइदासमेत लिन सक्ने कम्पनीले जनाएको छ ।  

फोरजी नेटवर्कमा ननस्टप युट्युब र ४ जिबीअल टाइम अल नेटवर्क डेटा सुचारु भएको दिनबाट ७दिनको लागिमान्य रहने कम्पनीको विज्ञप्तिमा उल्लेख ।  

ननस्टप युट्युबप्याक सुचारु गरे पछि हरेक दिन ५०० एमबीको दरले सात दिन सम्म मात्र २० रूपैयाँमा ३५ सय एमबिथप डेटाको लिन सक्ने एनसेलले उल्लेख गरेको छ । उक्त डेटा फेसबुक चलाउनको लागिसमेत प्रयोग गर्न सकिने छ । त्यतिनै शुल्कमा टिकटक चलाउन रुचाउने ग्राहकले पनि हरेक दिन ५०० एमबिको दरले सात दिन सम्म  ३५ सय एमबिथप डेटाको मजा लिन सक्ने जनाइएको छ ।

प्रकाशित: २४ असार २०७७ ०४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App