१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

सेवोन र नेप्सेका कर्मचारीले आईपिओ खरिद गर्न नपाउँने

नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कार्यरत कर्मचारीले अब साधारण सेयर (आईपीओ) पनि खरिद गर्न नपाउने भएका छन्।  यसअघि सेवोन र नेप्सेमा कार्यरत कर्मचारीले सेयर खरिद गर्न नपाउँने व्यवस्था रहेकोमा मंगलबार प्रतिनिधिसभाको अर्थसमिति मातहतको उपसमितिले ती संस्थाका कार्यरत कर्मचारीले सेयर बजारमा प्रत्यक्ष सहभागी जनाउँदा अनावश्यक चलखेल हुन सक्ने भन्दै साधारण सेयर समेत खरिद गर्न नपाउने प्रस्ताव पेश गरेकी हुन्।

मंगलबार उपसमितिका संयोजक रामकुमारी झांक्रीले बुझाएको प्रतिवेदनमा ती संस्थाका कर्मचारीको हालसम्मको रहेको सेयर संख्या समेत सार्वजनिक गरी आगामी दिनमा आईपिओ खरिद गर्न नपाउँने व्यवस्था लागु हुनुपर्नै बताएकी हुन्।  संयोजक झांक्रिले पेश गरेको प्रतिवेदन समितिको पूर्ण बैठकले पारित गरेपछि सेबोन र नेप्सेमा कार्यरत कर्मचारीले आईपीओ खरिद गर्न पाउने छैनन्।

प्रकाशित: २३ असार २०७७ ११:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App