८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

रसुवागढी नाका साताभित्र सञ्चालन

कोभिड–१९ का कारण बन्द रसुवागढी नाका एक हप्ताभित्र सञ्चालनमा आउने सहमति भएको छ । बुधबार बसेको दुई देशबीचको सीमा सुरक्षा बैठकले केही सर्त राखेर नाका सञ्चालनमा ल्याउने सहमति गरेको हो ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुुण्यबिक्रम खड्काले एक हप्ताभित्र नाका सञ्चालनका आउने सहमति भएको जानकारी दिए । नाका सञ्चालनमा आएपछि मितेरी पुलसम्म चिनियाँ पक्षले नै सामग्री ल्याइदिने सहमति छ । सुरुमा परीक्षणस्वरूप चिनियाँ चारवटा ट्रक सामान लिएर मितेरी पुल आउनेछन् ।  

सहमतिअनुसार नेपालले चिनियाँ पक्षलाई १५ चालक र १५ कामदारको विवरण उपलब्ध गराउनुपर्नेछ । विवरण  

उपलब्ध गराएपछि उनीहरूले पाङसिङमा रहेका सामग्री यता ल्याउन सुरु गर्नेछन् । मितेरी पुलमा सामान लिन जाने चालक र कामदारको दैनिक परीक्षण गरिनेछ । मितेरी पुलबाट पारि जान पाइने छैन ।

प्रकाशित: १२ असार २०७७ ०३:१२ शुक्रबार

रसुवागढी नाका