२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

विदेशबाट आएकाले ३० दिनसम्म कारोना बीमा गर्न नपाउने

विदेशवाट फर्कैका नागरिकले ३० दिनसम्म कोरोना बीमा गर्न नपाउने भएका छन्। नियामक निकाय बीमा समितिले शुक्रबार एक सूचना जारी गर्दै  विदेशबाट फर्कैको ३० दिनभित्र कोरोना बीमा नगर्न/नगराउन सम्पूर्ण निर्जीवन बीमा कम्पनीलाई निर्देशन दिएको हो।  

हालसम्मको कोरोना संक्रमणको अवस्था हेर्दा अधिकांस संक्रमितहरु विदेशबाट फर्केका भेटिएकाले ३० दिनपछि बीमा नगर्न निर्देशन दिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए।  

उनका अनुसार विदेशबाट फर्केका नागरिकहरु १५ दिन क्यारेन्टाईन तथा थप १५ घरमा बस्नु पर्नैछ। यसरी ३० दिनसम्म पनि कोरोनाको लक्षण नदेखिएमा मात्र कोरोना बीमा गर्न पाउने व्यवस्था लागु गरिएको हो।  

नयाँ व्यवस्था अनुसार अब कोरोना बीमा गर्न फाराम भर्नू पर्नैछ। यस बीमालाई अण्डर राईटिङ्को दायरमा ल्याउन नयाँ व्यवस्था लागु गरेको समितिले जनाएको छ।  

त्यसैगरी, विदेशबाट फर्कैका मात्र नभई उनीहरुका परिवारका सदस्यको कोरोना बीमा गर्न आडिटी परीक्षण नेगेटिभ आउनु पर्नैछ।  

करिब एक महिनाअघि सूरु भएको कोरोना बीमा हालसम्म करिब एक लाख जनाले बीमा गराईसेकका छन्।  

 

प्रकाशित: ९ जेष्ठ २०७७ १५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App