११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

लकडाउनको असर र क्षतिको अध्ययन हुँदै

कोभिड–१९ अर्थात् कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले चैत ११ गतेदेखि लगाएको बन्दाबन्दी (लकडाउन) ले उद्योग, व्यापार, व्यवसायका क्षेत्रमा पारेका असर र क्षतिको अवस्थाको मूल्यांकन हुने भएको छ। सुर्खेत उद्योग वाणिज्य संघले उक्त असर र क्षतिको अवस्था मूल्यांकन गर्ने भएको हो।

वीरेन्द्रनगरमा बसेको बैठकले लकडाउनको असर र क्षतिको अवस्था मूल्यांकन गर्न संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काको संयोजकत्वमा एक समितिसमेत गठन गरेको छ। उक्त समितिले उद्योग, व्यापार, व्यवसाय क्षेत्रमा परेको प्रभावबारे अध्ययन गरी सात दिनमा रायसुझाव दिनेछ।

‘समितिले सात दिनभित्र सुर्खेतको व्यापार तथा उद्योग क्षेत्रमा परेको प्रभाव, क्षतिबारे सुक्ष्मरूपमा अध्ययन गर्छ,’ संघका वरिष्ठ उपाध्यक्ष खड्काले भने,। उद्योग वाणिज्य संघका साथै राजनीतिक दल, नागरिक समाज र उद्योग वाणिज्य संघका विभिन्न वस्तुगत समितिका संयुक्त भेलाल विशेष समिति गठन गर्न गरेको संघका पूर्व अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए।

प्रकाशित: ४ जेष्ठ २०७७ ०५:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App