११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जुम्ला–जाजरकोट नाका बन्द गर्न माग

जुम्ला- पछिल्लो समय सुर्खेत छिन्छु हुँदै जाजरकोट भएर पैदल यात्रा गरेर आउनेको संख्या बढेपछि जुम्लाबासीले तत्काल जुम्ला जाजरकोट नाका पूर्ण रुपमा बन्द गर्न माग गरेका हुन् । उनीहरुले नाका बन्द गरेर आवतजाव पूर्ण रुपमा बन्द गर्न माग गरेका हुन् । अहिले कर्णाली राजमार्गमा सवारी आवागमन ठप्प भएपछि भारत तथा ब्यापारका शिलशिलामा देशभित्र रहेकाहरु धमाधम जाजरकोट भएर आउन थालेका हुन् ।

गतसाता जाजरकोट भएर १३ जना जुम्ला भित्रिए । उनीहरु ९  जना कालिकोटका थिए । ४ जना जुम्ला हिमा गाउँपालिकाका हुन् । जाजरकोट नाका प्रवेश गरेको खबर प्राप्त भएपछि प्रहरीले उनीहरुको उद्धार गरेर सम्बन्धित जिल्लाका स्थानीय सरकारलाइ जिम्मा लगाएको थियो । उनीहरुलाइ स्थानीय सरकारले क्वारेन्टाइनमा राखेका थिए । प्युठानबाट आएको बताएका उनीहरु भारतको पिथौरागडबाट आएको बुझिएको छ । स्वदेशमै रहेको भन्दै विदेशबाट आउनेको संख्या बढ्न थालेपछि जुम्ला जोखिमपुर्ण अवस्थामा रहेको स्थानीय बताउँछन् ।

दुई दिनअघि जाजरकोट नाका भएर ९ जना भित्रिए । उनीहरु जुम्लाको सिँजा र कनकासुन्दरी गाउँपालिकाका हुन् । तिला ४ का स्थानीय कर्णप्रसाद चौलागाइ जाजरकोट हुदै जुम्ला भित्रिने संख्या ह्वात्तै बढेको बताउँछन् । उनले भन्े,‘ अहिले पैदल यात्रीले यो बाटो बिकल्पका रुपमा अपनाएका छन् । यहाँबाट आउनेको न स्वास्थ्य परिक्षण हुन्छ, नत कुनै नाकामा कडाइ छ । यो नाका हुदै जुम्ला भित्रिन सहज मान्ने गरेका छन् ।’ स्थानीय बासिन्दाका अनुसार राति पनि यो बाटो प्रयोग गरेर आउनेको संख्या बढेको छ ।

तिला ४ का ज्वारीलाल भट्टलाइ यो नाका बन्द गर्न स्थानीय सरकार र स्थानीय प्रशासन जिम्मेवार भएर प्रस्तुत हुनु पर्ने बताउँछन् । यो नाका हुदैँ आउनेबाट निकै जोखिम छ । सरकार लकडाउन भन्दै जनजीवन ठप्प पार्छ । यहाँ दिनरात हिडेर आउनेको भिडभाड बढेको छ । भट्टराइले भने,‘ यो नाकामा हेल्थ डेस्क राखेर कडा सुरक्षाका साथ उच्च सतर्कता अपनाउनको लागि स्थानीय प्रशासन समक्ष आग्रह गर्दछौँ ।’

जाजरकोटसंग जुम्लाको तातोपानी गाउँपालिका जोडिएको छ । त्यो संगै जोडिएको जुम्लाको तिला गाउँपालिका पनि हो । अहिले यो नाका हुदैँ कालिकोट, मुगु र हुम्लासम्मका मानिसहरु आवागमन गर्ने गरेको स्थानीय बताउँछन् । बाटोमा हिँडिरहेका उनीहरु संग न मास्क लगाएको भेटिन्छ, नत कुनै सुरक्षाका विधि अपनाइएको छ । खुलेआम हुल बाँधेर आउने भएकोले समस्या भइरहेको स्थानीय नैनबहादुर हमाल बताउँछन् । उनका अनुसार यात्रीहरुलाइ बाटोमा स्थानीयले रोकेर सुरक्षा सतर्कता अपनाउन सुझाव दिदै गाउँमा प्रवेश नगर्न भनिरहेका छन् ।

जाजरकोट प्रशासनले चरम लापरवाही गरेका कारण भारत हुदै जुम्ला भित्रिनेको संख्यामा बृद्धि भइरहेको छ । पटक पटक जाजरकोट प्रशासनलाइ जुम्ला प्रशासनले कडाइ गर्न आग्रह गरिएको जनाएको छ । दैनिक दिन मानिसहरु लस्कर लागेर भित्रिन थालेपछि यहाँको स्थानीयको जननजीवन निकै त्रासिद बनेको छ । जुम्ला जाजरकोट हुदै आउने बाटो पहिले भेडाबाख्रा आवजावत गर्ने  बाटो हो । तातोपानी, तिला र स्थानीय प्रशासनको समन्वयमा यो नाकामा कडाइ गर्न स्थानीयले आग्रह गरिएका छन् ।

यो नाका हुँदै आउनेले १४ दिन क्वारेन्टाइनमा बसेको, स्वदेशबाट आएको भनिरहेका छन् । तर उनीहरु संग क्वारेन्टाइनमा बसेको र स्वदेशबाट फर्केको जस्तो कुनै प्रमाण भेटिदैन् ।हेर्दा कालापहाडबाट नै फेर्के जस्ता देखिन्छन । भोकभोकै पैदल यात्रा गरेर आफुहरु आउने गरेको पैदल यात्रीहरु बताउँछन् ।

यो नाका हुँदै आउनको स्थानीयले विवरण समेत राख्न थालेका छन् । सोधपुछ गरेर ठेगाना पत्ता लागेपछि स्थानीय सरकारको समन्वयमा सम्बन्धित क्षेत्रमा फोन गरेर क्वारेन्टाइनमा राख्न आग्रह गर्ने गरिएको स्थानीय बताउँछन् ।

 

 

प्रकाशित: ८ वैशाख २०७७ १४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App