४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लगानी कोषले ब्याज छुट दिने

काठमाडौं– नागरिक लगानी कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीले लिएको आवास कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा तोकिएको समयमा ब्याज भुक्तानी गर्ने सहभागीलाई हाल छुट प्रदान गर्ने गरिएको ब्याज रकममा सो छुटसमेत गरी २०७६ चैतदेखि २०७७ असारसम्मको ब्याज २०७७ असारभित्र बुझाए सो अवधिमा लागेको ब्याजको १० प्रतिशत छुट दिने भएको छ । 

बिहीबार सम्पन्न कोष सञ्चालक समितिको बैठकले विश्वव्यापी महामारी कोभिड १९ को अवस्थालाई मध्यनजर गरी सो निर्णय गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 

त्यसैगरी, कोषमा नियमित रुपमा रकम जम्मा गरी कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राही कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएको प्रमाणित भएमा निजको हकवालालाई क्षतिपूर्ति बापत दुई लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

प्रकाशित: ५ वैशाख २०७७ ०४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App