काठमाडौं– पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा एक पटकमा १० जना मात्रै भक्तजनलाई मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ ।
पशुपति क्षेत्र विकास कोषाध्यक्ष मिलनकुमार थापाको अध्यक्षतामा सोमबार बसेको बैठकले १० जनाले दर्शन गरेपछि मात्रै थप १० जनालाई पालैपालो प्रवेश गर्न दिने निर्णय गरेको हो ।
त्यस्तै विद्युतीय शव दाह गृहमा सात जनाभन्दा बढी मलामीलाई प्रवेश गर्न समेत निषेध गरिएको छ । मन्दिरमा गरिने विशेष पूजालाई अर्काे सूचना नभएसम्मका लागि स्थगित गरिएको कोषद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै जल अभिषेक गर्दा र बेलुकाको आरतिमा बस्ने भक्तजनलाई अर्को सूचना नभएसम्मका लागि उपस्थित नहुनसमेत सूचित गरिएको छ ।
प्रकाशित: ११ चैत्र २०७६ ०४:४९ मंगलबार