१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

बीमा सम्वन्धी सबै कामलाई एकद्वार गराइने

काठमाडौं- अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बीमालाई भरपर्दो र विश्वासिलो व्यवसायको रुपमा विकास गर्नका लागि बीमा सम्बन्धी सबै कामलाई एकद्धार प्रणालीबाट गर्न लागिएको बताएका छन्।

संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री खतिवडाले बीमालाई एकद्धार प्रणाली अन्तर्गत सञ्चालन गर्नका लागि  बीमा समिति ऐन र राष्ट्रिय बीमा संस्थान ऐनलाई खारेज गरेर एकीकृत ऐन बनाउने परिकल्पना गरिएको बताए। उनले व्यवसाय र जीवनमा आईपर्ने सबै किसिमका जोखिम व्यवस्थापन गर्न सक्ने तह सम्म बीमा सेवा पुग्नुपर्छ भनेर बीमा सेवा विस्तार गर्न खोजिएको पनि स्पष्ट पारे। बीमा सम्बन्धी ऐनहरुलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकमाथि परेका संसोधन प्रस्तावमाथिको छलफलका क्रममा उनले नियमनकारी निकायलाई अझै बढी नियमक निकायको रुपमा प्रभावकारी तुल्याउन , बीमा व्यवसायलाई प्रतिष्पर्धी बनाउनुको साथै अन्तराष्ट्रिय बीमा सम्बन्धी नियमनकारी व्यवस्थाहरु, प्रचलन तथा  अभ्यासहरुलाई नेपालमा पनि लागु गरेर बीमालाई भरपर्दो व्यवसायको रुपमा बिकास गर्ने अवधारण सहित विधेयकमा आवश्यक व्यवस्था गरिएको बताए।

उनले बीमा प्रिमियमको माध्यमबाट बचत परिचालन हुने र प्रिमियम वापत संकलन भएको पैसाले पूँजी बजारमा योगदान पुर्याउने भएकाले यसले व्यवसायीक वातावरण पनि सुदृढ पार्ने र बचत पनि परिचालन हुने दावी गरे। उनले बीमा सेवाका कारण विमितहरुले आफ्नो जोखिमलाई न्यूनीकरण गर्न र  व्यवस्थापन गर्न सक्ने तथा बचत परिचालन हुने भएकाले दीर्घकालिन लगानीको स्रोत जुटी पूँजी बजारको पनि बिकास हुने उल्लेख गरे।

 

प्रकाशित: २८ फाल्गुन २०७६ १०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App