काठमाडौं - बिमा कम्पनीको नियामक निकाय बिमा समितिले निर्जीवन बिमा कम्पनीलाई नयाँ कार्यक्षेत्र तोकेको छ। सर्वसाधारणको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कृषि बिमा योजना प्रभावकारी नभएको भन्दै निर्जीवन बिमा कम्पनीको कार्यक्षेत्र निर्धारण गरेको समितिले जनाएको छ।
हाल मुलुकभरी २० वटा निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन्। दुर्गम तथा पिछडिएको क्षेत्रमा सर्वसारधारण बिमाको पहुँचमा वृद्धि गर्न सम्पूर्ण निर्जीवन बिमा कम्पनीलाई कृषि बिमाका लागि जिल्ला तोकेको हो। कृषि बिमाका लागि निर्जीवन बिमा कम्पनीलाई यसअघि नै निर्देशन दिए पनि कार्यक्रमले गति लिन नसकेका कारण नयाँ निर्देशन दिएको समितिका सूचना अधिकृत निर्मल अधिकारीले बताए।
‘सरकारले चालु आर्थिक वर्ष ०७६/७७ को बजेटमा कृषि बिमालाई प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘यहीं उदेश्य हासिल गर्न सम्पूर्ण निर्जीवन बिमा कम्पनीलाई ७७ वटा जिल्लामा कार्यक्षेत्र निर्धारण गरी घुम्ती बिमा सेवामार्फत कृषि र पुश बिमा गर्न निर्देशन दिइएको हो।’ सर्वसाधारणलाई बिमा गर्दा हुने फाइदालगायत जानकारी दिने उद्देश्यले कार्यक्षेत्र निर्धारण गरिएको उनले बताए। नयाँ निर्देशन अनुसार काठमाडौं र भक्तपुर जिल्लामा सबै कम्पनीले कृषि बिमा गर्न पाए पनि अन्य जिल्लामा भने सीमा निर्धारण गरिएको छ।
यी दुई जिल्लाबाहेक अन्य जिल्लामा घुम्ती सेवामार्फत कृषि तथा पुशपक्षी बिमा गर्दा तोकिएका क्षेत्रमा काम नगरे कडा कारबाही हुने समितीले जनाएको छ।
समितिका अनुसार घुम्ती सेवामार्फत कृषि तथा पशुपक्षी बिमाका लागि एभरेस्ट इन्स्योरेन्स कम्पनीलाई चार जिल्ला ताकिएको छ। कम्पनीले कालीकोट, सुर्खेत, बर्दिया र दैलेख जिल्लामा कृषि बिमा गर्नुपर्नेछ। त्यसैगरी, प्रुडेन्सियल इन्स्योरेन्सले लमजुङ, तनहुँ, गोरखा र परासी जिल्लामा कृषि तथा पुशपक्षी बिमा गर्न कार्यक्षेत्र निर्धारण गरिएको छ।
सगरमाथा इन्स्योरेन्स कम्पनीको भागमा तीन जिल्ला परेका छन्। कम्पनीले जुम्ला, जाजरकोट र मुगु जिल्लामा कृषि तथा पशुपक्षी बिमा गर्नपर्ने भएको छ।
समितीका अनुसार एनएलजी इन्स्योरेन्सलाई सल्यान, रुकुम, डोल्पा र बाँके गरी चार जिल्लामा ताकिएको छ।त्यसैगरी, शिखर इन्स्योरेन्सले नुवाकोट, धादिङ, मकवानपुर र चितवन जिल्लामा कृषि तथा पुशपक्षी बिमा गर्नु निर्देशन दिएको समितीले जनाएको छ।
सिद्धार्थ इन्स्योरेन्सलाई रुपन्देही, पाल्पा, कास्की र मनाङ् जिल्लामा घुम्ती सेवामार्फत कृषि र पशुपक्षी बिमा कार्यक्षेत्र ताकिएको छ। प्रभु इन्स्योरेन्सले मुस्ताङ, म्याग्दी, स्याङ्जा र बाग्लुङ जिल्लामा कृषि बिमा गर्नुपर्नेछ। त्यसैगरी, हिमालयन जनरल इन्स्योरेन्सले ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, र बारा जिल्लामा कृषि बिमा गर्न कार्यक्षत्र निर्धारण भएको छ। समितीका अनुसार प्रिमियर इन्स्योरेन्स कम्पनीले सर्लाही, सिन्धुली, रामेछाप र दोलखा जिल्लामा घुम्ती सेवा मार्फत कृषि तथा पुशपक्षी बिमा गर्नू निर्देशन दिइएको हो।
त्यसैगरी, आइएमई जनरल इन्स्योरेन्सलाई पनि चार जिल्ला तोकिएको छ। कम्पनीले आगामी दिनमा कृषि तथा पशुपन्छि बिमा गर्दा धनुषा, महोत्तरी, सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाभित्र मात्र गर्न पाउँने भएको छ। समितीका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्सले सङ्खुवासभा, भोजपुर, खोटाङ र उदयपुर जिल्लामा रही कृषि तथा पशुपक्षी बिमा गर्नूपर्नैछ।
नेको इन्स्योरेन्सलाई झापा, इलाम, पाँचथर र ताप्लेजुङ् जिल्ला निर्धारण गरिएको छ भने नेशनल इन्स्योरेन्सले दाङ्, अर्घाखाँची, प्यूठान र रोप्ला जिल्लामित्र कृषि तथा पशुपक्षी बिमाका लागि कार्यक्षेत्र तोकिएको समितीले जनाएको छ।
त्यसैगरी, सरकारी मातहतको राष्ट्रिय बिमा कम्नपीले कैलाली, डोटी र बझाङ् गरी तीन जिल्लाका कृषि बिमा गर्नुपर्नैछ। दि ओरिइण्टल इन्स्योरेन्सले सप्तरी, तेह्रथुम, सुनसरी धनकुटा जिल्ला तोकिएको छ।
समितिका अनुसार नेपाल इन्स्यारेन्स कम्पनीले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लामा कृषि बिमा गर्न निर्देशन दिएको समितीले जनाएको छ। युनाइटेड इन्स्योरेन्स कम्पनीलाई अछाम, बाजुरा र हुम्ला गरी तीन जिल्ला तोकिएको छ।
त्यसैगरी, जनरल इन्स्योरेन्स कम्पनीले पर्सा, सिराहा र रसुवा जिल्लामा कृषि बिमा गर्नू निर्देशन दिइएको छ।
सानिमा जनरल इन्स्योरेन्सलाई मोरङ्, नवलपुर र कपिलवस्तु जिल्ला कार्यक्षेत्र निधारण गरिएको छ। अजोड इन्स्योरेन्सले रौतहट, पुर्व रुकुम, पर्त र गुल्मी जिल्लामा घुम्ती बिमा सेवा मार्फत कृषि तथा पशुपक्षी बिमा गर्न निर्देशन दिएको समितिले जनाएको छ।
कृषि बिमा गर्न कति खर्च लाग्छ ?
भविश्यमा आइपर्नै सम्भावित जोखिम वहन गर्ने उदेश्यले कृषि तथा पशुपक्षी बिमा कार्यक्रम सूरु भएको समितीले जनाएको छ। यो बिमा गर्दा सरकारले अनुदान दिन्छ। कृषि तथा पशुन्छी बिमा गर्दा लाग्ने कुल खर्च (प्रिमियम)को ७५ प्रतिशत प्रिमियम नेपाल सरकार र २५ प्रतिशत किसानले व्यहोर्नू पर्नै व्यवस्था छ।
प्रकाशित: २३ पुस २०७६ ०२:३४ बुधबार