१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

तरुल खन्न किसानलाई भ्याईनभ्याई

सर्लाही– माघे संक्रान्तीमा अधिक विक्री हुने तरुल खन्न किसानहरुलाई भ्याइनभ्याई भएको छ।

जिल्लाका कर्मैया, शंकरपुर, राजघाट, हजरिया, बरहथवा लगायत स्थानमा खेतभरी तरुल खनेको दृष्य देखिन्छ। यसवर्ष तरुलको मूल्यमा अघिल्लो वर्षको तुलनामा दोब्बरले वृद्धि भएपछि किसान हर्षित समेत भएका छन्।  
 
यसवर्ष प्रति किलो ८० रुपैंयासम्म मुल्य पाइएको राजघाटका किसान शंकरकुमार मैनालीले जानकारी दिए।  
‘यसवर्ष निकै राम्रो मुल्य पाएका छौं, अन्य वर्षको तुलनामा धेरै व्यापारीहरु तरुल किन्न आईरहेका छन्’ मैनालीले भने, ‘यसरी मुल्य पाउने हो भने किसानलाई लागत र परिश्रम अनुसार राम्रो फाईदा हुनेछ।’ 
मैनालीले १० कठ्ठामा लगाएको तरुल खेतमै प्रति कठ्ठा २७ हजार रुपैंयामा बिक्री गरिसकेका छन्। हाल व्यापारीले मजदुर लगाएर तरुल खनाउन सूरु गरेको मैनालीले जानकारी दिए। 
 
सर्लाहीको तरुल काठमाडौं, पोखरा, धनगढी, वीरगंज, इटहरी लगायत मुलुकका प्रमुख शहरहरुमा व्यापारीले पुर्‍याउने गरेका छन्। फागुनदेखि जेठसम्म रोपिने तरुल पुसदेखि फागुनसम्म खन्ने गरिन्छ। तरुल प्रति विगाह १० मेट्रिक टनसम्म फल्ने कृषि ज्ञान केन्द्रले जनाएको छ। सर्लाहीमा २ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा तरुल खेती हुने गरेको ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत देवानन्द यादवले जानकारी दिए।

प्रकाशित: २१ पुस २०७६ १३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App